चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौंको टोखा नगरपालिका–१० गंगोबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेकाे प्रहरीले  बताएकाे  छ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाएर बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।