चितवन प्रतिनिधिसभा क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उम्मेदवार रवि लामिछानेको नागरिकता प्रकरणको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने जनाएको छ ।
बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नमा जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्णय गरिने बताएका छन ।
मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने आयुक्त थपलियाले बताए । आयोगका अनुसार सम्बन्धित मूख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयुक्त थपलियाले थप अनुसन्धान गरेर निर्णय गर्नेछ । कानूनअनुसार अयोग्य ठहरिएमा निर्वाचनको परिणाम पश्चात पनि कारवाही हुने जनाएका छन् ।
कार्यविधि संवाददाता । १ मंसिर २०७९, बिहीबार १७:३१ बजे