नेपाल : २६० जनामा कोरोना संक्रमण पुष्टि ,एककाे मृत्यु

कास‌ ।   पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना  संक्रमण पुष्टि  र थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ११ हजार ८९८ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ६० जनाको नमुना परीक्षणमा २३७ जना र एन्टीजेन विधिबाट ३ हजार ८३८ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३४९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ ।