घुश्रा माध्यमिक विद्यालयकाे ४१ औं स्थापना दिवस सम्पन्न

                                                    तस्बिर: कास/सुर्खेत

सुर्खेत वीरेन्द्रनगर-१० घुश्रा स्थित जनसेवा माध्यमिक विद्यालयकाे ४१ औं स्थापना दिवस  विविध कार्यक्रमका साथ विद्यालय परिसरमा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर वस्नेतकाे अध्यक्षता ,वीरेन्द्रनगर नगर प्रमुख माेहनमाया भण्डारी (ढकाल)काे   प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्मा र साेही वडा अध्यक्ष डिल बहादुर रखालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे।

 

विद्यालयका प्रधानाध्यापक भक्त बहादुर शाहीले विद्यालयकाे वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

 

साे स्थापना दिवसकाे अवसरमा बाेल्दै  प्रमुख अतिथि नगर प्रमुख भण्डारी (ढकाल) ले  स्थानीय सरकार निशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउदै यसको कार्यन्वयन गर्न सबैले आ -आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएकी थिइन्  ।

 

समग्रमा कार्यक्रमका उपस्थित अतिथिहरुले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक अभिभावक, राजनीतिक दल, सम्पूर्ण निकायहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

 

विद्यालयकाे ४१ औं वार्षिक उत्सवकाे अवसरमा वार्षिक परीक्षामा उत्कृष्ठ अंक ल्याउने छात्र छात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे । त्यसैगरी वर्षभरिमा उत्कृष्ठ सेवा प्रदान गर्ने एकजना शिक्षक वर्ष शिक्षक सम्मान तथा एक जना कर्मचारीलाई पनि सम्मान गरिएकाे थियाे ।

 

शिक्षक अभिभावक संघका अध्यक्ष जसे नेपालीले स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक पंचरत्न शर्माले गरेका थिए ।

 

आदर्श स्थापना दिवसका अवसरमा  वडा स्तरिय राजनितीक दलका प्रतिनिधि,आसपासका विद्यालयका पुर्व प्रधानाध्यापक/ शिक्षक, विद्यालय अक्षयकोषदाता , भुतपुर्व विद्यार्थीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष र अभिभावकहरुकाे उपस्थितिमा कार्यक्रम  सम्पन्न भएको हो ।