लोक सेवा आयोगले ५ परीक्षार्थीको परीक्षा रद्द

उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने ५  जना परीक्षार्थीको परीक्षा प्रदेश लोक सेवा आयोग सुर्खेतले रद्द गरेको छ।

विज्ञापन नम्बर ५८४/५८८-०७८/७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तहको अहेव पदका लागि  गत साउन ७ गते परिक्षा लिएकाे  विषयगत पत्रकाे उत्तरपुस्तिकाकाे भित्री पृष्ठमा परिक्षक समक्ष आफुलाई चिनाउने असान्दर्भिक विषय उल्लेख गरी  परीक्षा दिएका पाँचै जनाकाे  परीक्षा रद्द गरिएको आयाेगले जनाएकाे छ ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ (१) ख तथा प्रदेश लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ (२) बमोजिम उनको लिखित परीक्षा रद्द भएको हो।

परिक्षा रद्द बारे आयाेग 

No description available.