सभापति देउवा – अब कांग्रेसले देशमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ

नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति शेरबहादुर  देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा अब कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका  देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको छ । उनले पार्टीलाई अझै सुदृढ गर्दै तल्लोस्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए।