गएराति सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

गतराति ७:३० बजेकाे समयमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक सुनचाँदी व्यवसायी घाइते भएका छन् ।

प्रहरीका अनुसार सुस्ता गाउँपालिका–१ बरुवा  नवलपरासीकाका न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि गोली प्रहार भएको हो ।

विश्वकर्मा पसल बन्द गरेर बर्दघाट नगरपालिका–४ देविनगरमा रहेको घरमा लु.४८ प ७४३५ नम्बरको  स्कुटीबाट फर्कंदै थिए ।

उनीमाथि बर्दघाट नगरपालिका–१६ को चोर गोला पुल नजिक  गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए ।

तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो ।

अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी बोहराले जानकारी दिए । गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपरेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ  ।