कल ट्राफिकले नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

सरकारी स्वामित्वको नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ।

कल ट्राफिकले मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोन सेवा मंगलबार मध्यान्ह १२ बजेदेखि  अवरुद्ध भएको नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौँका सूचना अधिकारी सभाेन अधिकारीले बताएका छन् ।

नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको उपभोक्ताले गुनासो गरेका छन्। सेवासँगै टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ।

अधिकारीकाअनुसार अहिले सेवा पूर्ण रुपमा संचालन भएको छ ।