नेपाल आयल निगमले आज राति १२ बजेदेखि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाउने भएकाे छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले भाउ बढाएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा भने समायोजन भएको थिएन।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ।
अब पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टीतेल १७५ रुपैयाँ पुगेको छ।
कार्यविधि संवाददाता । २३ माघ २०७९, सोमबार २२:०३ बजे