सेनाले शे-फोक्सुण्डो ताल घुम्न गएका ९ पदयात्रुको उद्धार गर्याे

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार  डोल्पाको शे-फोक्सुण्डो तालमा घुम्न गएका ९ जना पदयात्रुहरूको नेपाली सेनाले उद्धार गरेको छ।

उनीहरूलाई सोमबार हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको पनि सेनाले जनाएको छ।