झडप हुँदा दुई विद्यार्थी घाइते

विद्यार्थीबीच क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् ।

बिहीबार साँझ भएको झडपमा परी घाइते हुनेमा नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेकाे धनकुटा प्रहरीले बताएकाे छ।

घाइते मध्ये कार्कीलाई थप उपचारको लागि विराटनगर पठाइएको छ । भण्डारीको भने  जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरलेले जानकारी दिनुभयो ।

के कारण र को को बिच झडप भएको हो भन्ने कुरो खुल्न नसकेको डिएसपी  कुँवरलेले  बताए ।

उता नेपाल विद्यार्थी सङ्घले भने कुटपिटमा संलग्नलाई यथा शिघ्र  कारबाहीको माग गरेको छ ।