१ लाख घुससहित निर्माण उपभोक्ता समितिका अध्यक्षसहित तीनजना अख्तियारको नियन्त्रणमा

अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले १ लाख घुससहित सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी,सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेललाई १ लाख घुस र ३० हजारकाे चेक  सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ति मार्फत जनाए ।

नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिइ ठेक्का लगाएपछि सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भइ उपभोक्ता समितिमार्फत् भुक्तानी हुन बाँकी रकम दिने क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा रकम लिइसकेको अवस्थामा उनीहरू पक्राउ परे अख्तियारले जनाएको छ।

Open photo