विद्यार्थी बेहोस भएपछि पाँच दिनका लागि विद्यालय बिदा गरिएको छ ।
कालिकाेट महाबै गाउँपालिका–४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका थिए । कक्षाकोठामै विद्यार्थी बेहोस हुनथालेपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षीका सिता शाहीले बताइन ।
केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधाभूरत अस्तापल पठाइएकोे शाहीले बताइन ।
गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताए । ‘जटिल समस्या होइन,’ उनले भने, ‘सुख्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ ।’
स्वास्थ्य सेवा कार्यालय कालिकोट लाई वुझ्दा गर्मिको समएमा देखिने मास हिस्टेरिया भएको जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महतले बताए ।
कार्यविधि संवाददाता । ११ जेष्ठ २०८०, बिहीबार ०६:३५ बजे