पिन्सिपल र होस्टेल वार्डेन सहित तीन जना पक्राउ

प्रहरीले  पिन्सिपल र दुईजना होस्टेल वार्डेनसहित तीनजनालाई  लाई पक्राउ गरेको छ ।

काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुलकामा  जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालका अनुसार  घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई पक्राउ गरिएको छ।  पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताए । प्रहरीले अरोपीहरुविरुद्ध जिल्ला अदालतमा सोमबार म्याद लिएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।

गत  शुक्रबार पीडित परिवार र प्रहरीको बिचमा शव पोष्टमार्टम गर्ने सहमति भएको एसपी रिजालले बताए । शव परीक्षण रिपोर्ट आउन केही दिन लाग्न सक्ने  छ ।