बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ।
यो पूजा हिन्दू धर्मावलम्बीहरुले गर्छन् । बिहिबारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु ब्रत बस्छन् ।
आजको दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गर्ने गरिन्छ । यसो गरेमा शौभाग्य मिल्ने विश्वास छ । विष्णुकी पत्नी लक्ष्मीको पूजा गरेर पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गर्ने गरिन्छ ।
आजको दिन व्रत बसेर शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जप गरेमा मनोकाक्षा पूरा हुन्छ भन्ने विश्वास रही आएको छ । आजको व्रतमा केराको रुखलाई पूजा गर्ने प्रचलन पनि छ । पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा पुण्ड प्राप्त हुन्छ ।
कार्यविधि संवाददाता । २८ असार २०८०, बिहीबार ०६:०९ बजे