नगरपालिकाले पारित गर्याे १२ कक्षासम्म शून्य शुल्कमा शिक्षा

नेपालकाे संविधानकाे धारा ३१  बमाेजिम नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरेको छ ।

तुवाचुङ नगरपालिका नगर प्रमुख विमला राईका अनुसार ‘परीक्षा व्यवस्थापन तथा शून्य शुल्क कार्यान्वयन कार्यविधि २०७९’ पारित गरेर नगर क्षेत्रभित्रका सबै माध्यमिक तहमा यसै वर्षबाट निःशुल्क शिक्षा सुरु गरिएको छ ।

यस नगर क्षेत्रभित्र रहेका १२ माविमध्ये १० वटामा कक्षा १२ सम्म पठनपाठन हुन्छ । यसअघि कक्षा ११ र १२ पढ्नका लागि विद्यार्थीले ३५ सयदेखि ६ हजार रुपैयाँसम्म वार्षिक शुल्क बुझाउनुपर्ने बाध्यता निःशुल्क शिक्षा लागू भएपछि अन्त्य भएको प्रमुख राईले बताइन   ।

गत शैक्षिक सत्रमा उक्त नगरपालिकामा कक्षा ११ र १२ मा ३ सय १७ विद्यार्थी थिए । यो शैक्षिक सत्रमा कक्षा ११ मा गत वर्षको भन्दा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।