कर्णालीमा गत आवमा १२ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा  १२  वटा झोलुङ्गे पुल निर्माण सम्पन्न  भएका छन् ।

स्थानिय पूर्वाधार विकास आयाेजना कर्णाली प्रदेश कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०७९/८०  मा १२  वटा झोलुङ्गे पुल निर्माण सम्पन्न  गरेको छ ।

तीमध्ये दुईवटा पुलले सुर्खेत ,सल्यान र दैलेख ,कालिकाेट जिल्लालाई जोडेका छन् । बाँकी दशमध्ये  कालिकाेट, जाजरकाेट  र सुर्खेतमा दुई/दुई वटा तथा  दैलेख, जुम्ला, रकुम पश्चिम र डाेल्पामा एक/एक वटा सहित १२ झोलुङ्गे पूल निर्माण सम्पन्न भएको स्थानिय पूर्वाधार विकास कार्यालय आयाेजना सुर्खेतले जनाएको छ ।

दुई जिल्ला जोड्न  काँक्रेताडा  सल्यान वनगाढ कुभिण्डे  नगरपालिका  -२ र सुर्खेत  सिम्ता गाउँपालिका-३  काँक्रेताडामा जाेड्ने  २ सय ३२ मिटरकाे  र कालिकाेट तिलागुफा नगरपालिका -१० र सानी मार्ग दैलेख जाेड्ने ‍‍‍‍‍‍‍‍‍१ सय १ मिटरकाे झाेलुङ्गे पूल निर्माण सम्पन्न भएको हो ।

कार्यालयका सूचना अधिकारी ईन्जिनियर रिवेश ब्यन्जु श्रेष्ठका अनुसार  रसी माझगाउँ गुम्बा पानीखाेला त्रिपुरासुन्दरी नगरपालिका -२ डाेल्पामा  १ सय २२ मिटरको , दैलेखकाे  दुल्लुनगरपालिका -१० र ११ मा जाेड्ने १ सय २१  मिटरकाे झोलुङ्गे पूल निर्माण सम्पन्न भएकाे छ ।

यसैगरी कालिकाेट नरहरीनाथ गाउँपालिका -६ गाैजेनी र सिमलटुडा जाेड्ने  १ सय २१ मिटरकाे र रास्काेट नगरपालिका -९  थाेल्म  गाढखेत र  फुगाढमा जाेड्ने  १ सय ४९ मिटरकाे , जुम्ला तिला गाउँपालिका – ठेला प्याउरीकाेट तीला नदी ७ र ९ छाप्रेमा जाेड्ने   १सय ४२   मिटरकाे , रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका  -११ साँग धागेचरीमा १सय ४९ मिटरकाे , सुर्खेतकाे बराहताल गाउँपालिका -३ पाङमा र सिस्नेरी जाेड्ने १सय ४९ मिटरकाे र भेरी ग‌ंगा नगरपालिका -१३ गाईघाट र लेकबेशी नगरपालिका -७ कुइरेमा जाेड्ने १सय ८० मिटरकाे र जाजरकाेटकाे भेरी नगरपालिका -१२ ठुलाे भेरी दुर्कममा  जाेड्ने १ सय २७ मिटरकाे र नलगाढ नगरपालिका -९ छेवाखाेलामा १सय ९५  मिटरकाे झाेलुङ्गे पूल निर्माण सम्पन्न भएको सूचना अधिकारी ईन्जिनियर श्रेष्ठले बताए  ।

यी १२  वटै पूल निर्माणका लागि रु १६  करोड ८८ लाख  रकम खर्च भएको स्थानिय  पूर्वाधार विकास आयाेजना कार्यालय सुर्खेतले जनाएको छ ।

मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्सीमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए ।