विद्यार्थिकाे बढ्दाे मागलाई मध्यनजर गर्दै पालिकाले निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीनमहिने कक्षा सञ्चालन गरेको हो ।
युवामा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमानदार तथा देशभक्ति युवाका रूपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी बताउनुभयो ।
कार्यविधि संवाददाता । १७ भाद्र २०८०, आईतवार ०७:४० बजे