७७ जिल्लाका शिक्षक विद्यालय बन्द गरेर काठमाडाैँ : वार्तामा आउन शिक्षक महासङ्घलाई सरकारकाे आह्वान

७७ जिल्लाका  सामुदायिक विद्यालयका  शिक्षक विद्यालय बन्द गरेर असोज ३ देखि  काठमाडाैँ  केन्द्रीत आन्दोलन गर्न आउन थालेपछि  वार्तामा आउन शिक्षक महासङ्घलाई सरकारले विज्ञप्तिमार्फत आह्वान गरेकाे छ ।

सरकारले संसदमा पेश भएको शिक्षा विधेयक, २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासङ्घलाई वार्तामा बोलाएको छ ।

उता  महासंघले देशभरिका विद्यालयमा पठनपाठन नै ठप्प पारेर निर्णायक आन्दाेलनकाे तयारी गरेकाे महासंघकी अध्यक्ष कमला तुलाधरले जानकारी दिइन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान् अर्यालले महासङ्घलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।