कर्मचारी संचय कोषले करिब ६ करोड रुपैयाँ लागतमा कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा नयाँ कार्यालय भवन तयार गरेको छ ।
वीरेन्द्रनगर -७ इत्राममा जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे पूर्व खरिद गरेकाे जग्गामा कोषले भवन निर्माण गरेकाे जनाएकाे छ।
कोषले वि ⋅स· २०६९ सालमा उपत्यका नगर विकास समिति वीरेन्द्रनगर नगरपालिका संग ११ कठ्ठा १ कराेड २२ लाखमा खरिद गरेकाे थियाे ।
निर्माणकाे ठेक्का पाएकाे सनलाइट वाइ एसएस जेभी धनगढीले भ्याटबाहेक रु पाँच करोड ९४ लाख ९९ हजार ३२४ को लागतमा भवन निर्माण गर्न वि⋅स·२०७७ अषाढ १६ गते ठेक्का सम्झाैता गरी श्रावण १ देखी कार्य आरम्भ गरेकाे थियाे ।
उक्त भवन विसं २०७८पुस मसान्त सम्म निर्माण गरिसक्नुपर्ने संझौतामा उल्लेख छ तर कोभिड १९ जस्ता महामारीका कारणले समयमा निर्माण गर्न नसकिएकाे कर्मचारी संचय काेष केन्द्रिय कार्यालय ललितपुरका प्रबन्धक इन्जिनियर राम प्रसाद राईले बताए ।
अहिले कर्मचारी संचय कोष सुर्खेतले भाडामा लिएकाे पुरानो भवनबाट प्रशासनिक काम गर्दै आएको छ।भवन निर्माणको काम लगभग सकिएको र असाेज महिनाभित्रै कार्यालय सार्ने तयारी रहेकाे कर्मचारी संचय कोष सुर्खेतका कार्यालय प्रमुख रवि तामाङ्गले बताए ।
इन्जिनियर राईका अनुसार नवनिर्मित भवनमा पार्किङसहित ४ ब्लग रहेका छन् । यो भवनमा प्रशासनिक ब्लग ,कार्यालय प्रमुख आवास ब्लग, गार्ड क्यान्टिन ब्लग छन् । भवनमा गाडी मोटरसाइकल/स्कुटर पार्किङ क्षमता रहेकाे छ ।
कार्यविधि संवाददाता । १२ आश्विन २०८०, शुक्रबार १९:०९ बजे