माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।
मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको कार्यालयले जनाएकाे छ।
विस्तृत जानकारी :
कार्यविधि संवाददाता । २४ कार्तिक २०८०, शुक्रबार ०८:०१ बजे