निजामती सेवा विधेयक फिर्ता

काठमाडौं । निजामती सेवा विधेयक २०७५ बहुमतले फिर्ता भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गरेर विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गरेको हो ।