ठगी गरेकाे मुद्दामा नगरपालिका–६ का एक जनप्रतिनिधि सहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले पोखरा महानगरपालिका–६ का वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चारजनालाई ठगी मुद्दामा पक्राउ गरेको छ ।
वडासदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्र्याकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति १३ हजार ५०० उठाएको आरोप उनीहरूलाई लागेको छ। व्यवसाय दर्ता नै नगरेको पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले कार्यविधि डट कमलाई जानकारी दियाे ।
पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ विकले जानकारी दिए।
कार्यविधि संवाददाता । २३ मंसिर २०८०, शनिबार १९:११ बजे