राष्ट्रिय पुरुष भलिबल :फाइनल भाेलि बिहीवार दिउँसाे १ बजे

३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भाेलि बिहीवार दिउँसाे १ बजेबाट शुरु हुने  छ ।

उपाधिका लागि सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र नेपाल प्रहरीकाे एनपिसी फाइनलमा पुगेका छन् ।

बिहीबार हुने फाइनलमा उपाधीका  लागि पुलिसले  एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

आज बुधबार वीरेन्द्रनगरस्थित खुलामञ्चको भएको  पहिलाे सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० काे सिधा  सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेकाे हाे । एपीएफले पहिलाे सेट २५–२३, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले हरायाे ।

यस्तै आजै भएकाे दाेस्राे सेमिफाइनलमा  त्रिभुवन आर्मीलाई ३–० ले हराँउदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गरेको थियो ।