आज राष्ट्रिय सभाको १९ सदस्यका लागि सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान ताेकिएकाे थियाे ।
बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो।
सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख/ उपप्रमुखहरूले मतदान गरेका थिए ।
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन साह, हर्क साम्पाङ र गोपाल हमालले भने भोट दिएनन्।
उनीहरुले कार्यव्यस्तताका कारण मतदान गर्न नगएको जनाए ।
कार्यविधि संवाददाता । ११ माघ २०८०, बिहीबार १७:५६ बजे