स्मार्टफोनबाटै कोभिड टेस्ट गर्न सकिने, २० मिनेटमै रिपोर्ट !

काठमाडौं । अमेरिकास्थित वाशिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताले कोभिड परीक्षणका लागि हार्मोनी किटको विकास गरेका छन् । उनीहरूले स्मार्टफोनमा आधारित डायग्नोस्टिक टुल हार्मोनी किटको विकास गरेका हुन् ।

उक्त टुलमार्फत २० मिनेटमै कोभिड परीक्षणको रिपाेर्ट आउने बताइएकाे छ । यसको नमुना परीक्षण पीसीआर जत्तिकै विश्वसनीय भएकाे अनुसन्धानकर्ताकाे दाबी छ ।

यसमा भएको डिटेक्टरको सहायतामा व्यक्तिमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ । कम मूल्यको उक्त डिटेक्टरलाई सञ्चालन गर्नमा लागि अहिले स्मार्टफोनको प्रयोग भइरहेको छ ।

यो परीक्षणले भाइरसमा रहेको आनुवंशिकताको पनि पहिचान गर्ने उनीहरूको दाबी छ । यसकारण ओमिक्रोन भेरियन्ट पनि सजिलै पत्ता लगाउन सकिन्छ ।

पीसीआर परीक्षणको रिपोर्ट आउन धेरै घण्टा लाग्छ, जबकि हार्मोनी किटले २० मिनेट वा सो भन्दा कम समयमा सटिक रिपोर्ट दिन्छ । परीक्षणमा स्मार्टफोनलाई डिटेक्टरसँग कनेक्ट गरेर प्रयोग गरिन्छ ।

डिटेक्टरमा परीक्षण नमुना राखेर अपरेट गरिन्छ । २० मिनेटको अपरेसनपछि मात्र स्मार्टफोनमा संक्रमित व्यक्ति पोजेटिभ वा नेगेटिभ हो भन्ने पत्ता लाग्छ । महँगा मसिनको प्रयोगमा गरिने पीसीआर परीक्षण ९५ प्रतिशत मात्र सही हुन्छ ।

तर हार्मोनी किट ले ९७ प्रतिशत सही रिपोर्ट दिने अन्वेषकको दावी छ । किटले थप दुई किसिमले नयाँ भेरीयन्टलाई पत्ता लगाउने क्षमता राख्दछ । यद्यपी पीसीआरमा आधारित परीक्षण अझै भरपर्दो मानिन्छ ।

पहिलो चरणमा कार्यालय र स्कुलहरुमा किट प्रयोगका लागि उपलब्ध गराउने लुट्ज र उनका सहकर्मीको अपेक्षा छ ।