कृषि सामाग्री लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतकाे गाेदाममा रासायनिक मल बिक्रि नभएपछि थन्किएकाे छ ।
हिउँदेवालीकाे लागि कम्पनिले १ हजार ३ सय २० मेट्रिक टन रासायनिक मल गत साउनमा खरिद गरेकाे थियाे ।
खरिद गरेकाे मध्ये १ हजार ३३ मेट्रिक टन बिक्रि गरेकाे र बाँकी २ सय ८७ मेट्रिक टन गाेदममा रहेकाे कार्यालयले जनाएकाे छ ।
गाेदाममा रहेकाे मध्ये युरिया ४६ मेट्रिक टन डिएपी २ सय ३८ मेट्रिक टन र पाेटास १३ मेट्रिक टन सहित २ सय ८७ मट्रिक टन रासायनिक मल बिक्रि भएकाे छैन् ।
कम्पनीले विगत देखि नै कर्णाली प्रदेशका पश्चिम रुकुम र सल्यान वाहेक ८ वटा जिल्लाका कृषकलाई रासायनिक मल बिक्रि गर्दै आएकाे छ ।
याे वर्ष हिउँदकाे समयमा पानी नपरेकाेले जिल्लास्थित बिक्रेता संस्थाका कृषकले मल किन्न आएन्न जसले गर्दा गाेदाममा बिक्रि नभएर माथि उल्लेखित मात्रामा मल थन्किएकाे कम्पनी कार्यालयका सहायक खरिदार विमला खरेलले बताइन् ।
कार्यविधि संवाददाता । २२ माघ २०८०, सोमबार ०८:१५ बजे