सल्यानमा प्रकाश ज्वालाविरुद्ध कांग्रेसकाे उम्मेदवारी कायमै

प्रकाश ज्वालाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको उम्मेदवारी कायमै रहेको छ।

उम्मेदवारको मनोनयन फिर्ता लिने समयसम्म मनोनयन फिर्ता नलिएपछि शाहको उम्मेदवारी कायमै रहेकाे  हो।

एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको सल्यानमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को भाग परेको थियो। जिल्लामा नेपाली कांग्रेस ठूलो पार्टी भएपनि सल्यान कांग्रेसलाई अन्याय भएको भन्दै शाहले ज्वालाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रदेश सभा सदस्य (क) मा गठबन्धनका भीम प्रकाश शर्माविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका एकराज डाँगी र डिल्ली बहादुर बुढाथोकीले भने उम्मेदवारी फिर्ता लिएका छन्।