जसपा सरकारमा सहभागी हुने निर्णय , नयाँ गठबन्धनलाई तत्काल जाेखिम टर्याे

 जनता समाजवादी पार्टि ,नेपालले सरकारमा आउने निर्णय पश्चात नयाँ सत्ता गठबन्धनलाई तत्कालकाे लागि जाेखिम टरेकाे छ । 

जसपा सरकारमा प्रवेश भएसँगै सरकारको पक्षमा सुविधाजनक बहुमत पुगेको छ । सरकारलाई एमालेका ७६, माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, नेकपा (एस) १० र जसपा १२ सहित १५१ को समर्थन जुटेको  हाे।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बेलासम्म सरकारको पक्षमा बहुमत पुग्न नदिने प्रयासस्वरूप कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन गर्ने दौडधुप थालेका थिए । 

 

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य रेणु यादवका अनुसार अध्यक्षको नेतृत्वमा सरकारमा जाने निर्णय भएको छ । नेपाल कम्युनिष्ट पार्टि, समाजवादी सरकारमा नगएको भए हाम्राे पनि सरकारमा नजाने निर्णय थियाे ।  तर, नेकपा (एस) का कारण जसपाभित्र सरकारमा जाने दबाब खडा भएको हाे  ।  यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । अध्यक्ष यादवले वन तथा वातावरण मन्त्रालयका लागि नवलकिशोर यादव र स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीको नाम अघि सारेका छन् ।

तर आधिकारीक  निर्णय भने शुक्रबार बस्ने कार्यकारिणी समितिको बैठकले गर्ने जनाइएको छ । जसपाका प्रमुख सचेतक प्रदीप यादवले भने अध्यक्षको निर्णयबारे आफूलाई थाहा नभएको बताए ।