आज राष्ट्रिय सभा अध्यक्षकाे निर्वाचन

आज म‌ंगलबार राष्ट्रिय सभाको बैठकमा अध्यक्षको चुनाव हुँदै।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ः०९ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट सांसद नारायण दाहालले उम्मेदवारी दिएका छन्। दाहाललाई गठबन्धनमा रहेका एमाले, रास्वपा , नेकपा एस  र जसपा दलको समर्थन रहेको छ।

त्यस्तै, नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन्। उनलाई विपक्षी दलको समर्थन रहेको छ।

अहिले राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन्।