सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ स्थित लाटीकोइली डाँडामा एउटा ढुङ्गाबाट निर्मित १६औं शताब्दीको ‘शिव मन्दिर’ रहेकाे छ ।
विक्रम सम्वत १६३९ मा याे लङ्गर नाथका चेला आत्मानाथले काँक्रे विहारका पश्चिम पाखामा रहेको एउटा ढुङ्गालाई फुटाइ लाटीकोइली डाँडामा लिइ मन्दिर बनाएका किम्बदन्ती रहेकाे छ ।
निर्माण पश्चात मन्दिर जिर्णोद्धार रह्यो । नेपालका आधुनिक विकासका प्रवर्तक स्व.राजा वीरेन्द्रले विक्रम सम्वत् २०४० सालमा भक्तपुरबाट शिला कारहरु ल्याएर जिर्णोद्धार मन्दिर बनाएकाे शिलालेखमा काेरिएकाे छ ।
मन्दिरका पुजारी अक्षय कुमार याेगीका अनुसार सुर्खेतका सबैभन्दा पुरानाे इतिहास रहेकाे मन्दिरमा सरकारकाे ध्यान नपुग्दा संरक्षण हुन नसकेका बताए ।
कार्यविधि संवाददाता । ७ चैत्र २०८०, बुधबार १५:३२ बजे