३५ वर्ष पछि आज (शनिबार) सुकान्त शर्माले आफ्नो परिवार भेटेने छन् ।

३५ वर्ष पछि आज (शनिबार) सुकान्त शर्माले आफ्नो परिवार भेटेने छन् ।

काभ्रेको सुकान्त शर्माले ३५ वर्ष पछि आज (शनिबार) आफ्नो परिवार भेटेने छन् ।
बनेपा नगरपालिका स्थित एक होटलमा काम गरिरहेका ४३ वर्षका सुकान्त शर्माले आफ्नो परिवार भेटेने छन् ।बुबाले इन्डियामा भाडा माझ्ने काम होटलमा लगाइदिएपछि आफू घर नफर्किएको र आफ्नो घर कहाँ छ , भन्नेसमेत थाहा नपाएका उनको समाचार संप्रेसित भएपछि उनले परिवार भेटेका हुन् ।

३५ बर्ष पहिले भारत एउटा होटलमा भाडा माझ्न काम भनी छोडेका ७ वर्षे बालक सुकान्त शर्मा अहिले ४३ बर्षका प्रौढ भएका छन् ।

उनलाई न बाआमा, न गाउँ, न घरको कुनै एकिन थिएन तर मर्नुअघि भेट्ने चाहनाले भक्कानिरहन्थे । यसबारेको खबर केही संचारमाध्यम र पूर्वसचिव भीम उपाध्ययको फेसबुक वालमा सार्वजनिक भएपछि उनको परिवार सम्पर्कमा आएका हुन् ।

उपाध्यायले फेसबुकमार्फत सुचना संप्रेशण भएको केही घण्टामा नै सुकान्तले परिवार भेटेको बताएका छन् । उनको परिवार स्याङ्जाको पित्लेकमा रहेछन् ।

साबिक जगतभञ्ज्यङ गाविस वाड नम्बर २ पित्लेक पाण्डेथोक हाल वलिङ्ग न. पा. ५ स्याङ्जा उनको घर रहेको छ । शनिवार विहान ८ देखि १० बजेसम्ममा सुकुन्तलाई लिन उनका परिवारका सदस्य बनेपा जाने भएका छन