कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा ( एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।
राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले आज साँझसम्मको समय दिएर सरकारमा दावी पेश गर्न समय दिएका थिए ।
प्रदेश प्रमुख तिलक परियारले कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् । लामो समयदेखि मुख्यमन्त्री बन्ने चाहना कँडेलकाे पनि पुरा भएको छ ।
कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ ।



कार्यविधि संवाददाता । २७ चैत्र २०८०, मंगलवार १८:३४ बजे