संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा आज उम्मेदवारले दरखास्त दिनु पर्ने छ । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज दलको नेता बन्नेले उम्मेदवारी दर्ता गराउनु पर्ने बताएको हो ।
संस्थापनबाट सभापति शेरबहादुर देउवा एकल आकांक्षी हुन् ,भने संस्थापनइतर पक्षबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी देखिएका छन् ।
मंगलबार बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको कांग्रेसले जनाएको छ। दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । भाेली बुधवार मतदान हुदैँ छ । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ ।
गगन थापाले मंसिर ४ गते भएको निर्वाचनमा आगामी सरकारको प्रधानमन्त्रीको उमेदवार भनेर भोट मागेका थिए । उता, कोइराला पार्टीको गत महाधिवेशनमा संस्थापनइतरको नेतृत्व गर्दै सभापति पदका लागि देउवासँग प्रतिस्पर्धा गरेका थिए । थापा उनकै प्यानलबाट महामन्त्रीमा विजयी भएका थिए ।
कार्यविधि संवाददाता । ५ पुष २०७९, मंगलवार ०७:४३ बजे