Skip to content
सेवा प्रवाहलाई , सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले क्यूआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली शुरु गरेको छ ।
म्याग्दी बेनी नगरबासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो ।
सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन बिद्युतीय घर नम्बर प्रणाली लागू गरिएको नगर प्रमुख मेयर सुरत केसीले जानकारी दिए ।
विद्युतीय घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, घर केबाट बनेको लगायतका ९० किसिमका जानकारी राखिएको छ ।
कार्यविधि संवाददाता । १२ जेष्ठ २०८१, शनिबार १०:१७ बजे