नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।
बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो ।
नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।
नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको बताएकाे छ ।
कार्यविधि संवाददाता । ३२ जेष्ठ २०८१, शुक्रबार १४:४७ बजे