बाँके प्रहरीले स्रोत नखुलेको २४ लाखसहित ५ जना भारतीय पक्राउ

 बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकमसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालगन्ज विमानस्थलबाट  काठमाडौँ उड्नका लागि तयारी अवस्थामा रहेका ५ जना भारतीय नागरिकलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय  आशिष गुप्ता, ३९ वर्षीय पङ्कज जयसवाल र ४६ वर्षीय विमल गुप्ता रहेका छन् ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद रकम हुण्डी कारोबारको भएको प्रहरीले जनाएको छ ।