भारतमा काेराेना संक्रमण फेरी ह्वात्तै बढ्यो

कास ।     केही समय पछी फेरी  छिमेकी मुलुक  भारतमा कोरोना संक्रमण दर ह्वात्तै  बढेको छ ।

साता अघि यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला त्यसकाे प्रभाव  भारतमा पनि  परेकाे ओल्डोमिटरको विवरणमा देखिएको छ । पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।

त्यहाँ दैनिक थपिने र निको हुनेको संख्या एक साताअघिसम्म दश हजारभन्दा तल झरिसकेको थियो । अहिले त्यो संख्या ह्वात्तै बढेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारभन्दा माथि पुगेको छ ।