सुर्खेतमा राष्ट्रिय आर्थिक गणना २०८२ अन्तरक्रिया सम्पन्न

सुर्खेत ।  जिल्ला आर्थिक गणना कार्यालय, सुर्खेतको आयोजनामा र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा गोष्ठी चैत २५ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । यो नेपालकाे सन्दर्भमा  दोस्रो  राष्ट्रिय आर्थिक गणना हो । नेपालमा पहिलोपटक २०७५ सालमा आर्थिक गणना गरिएको थियो भने यसपटक आगामी २०८३ वैशाख २ देखि असार ७ गतेसम्म देशभर सञ्चालन हुने भएकाे छ ।

यस गणनाबाट सबै प्रकारका प्रतिष्ठान र व्यवसायको आधारभूत आर्थिक तथ्याङ्क संकलन हुनेछ, जसले देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा विभिन्न क्षेत्रको योगदान र लगानीको सही चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरूले आर्थिक गणनामा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए छन् । त्यस्तै  सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का ले समग्र जिल्लाको आर्थिक तथ्याङ्कले निजी क्षेत्रको वास्तविक आवश्यकता पहिचान गर्न र त्यसअनुरूप नीति निर्माणमा मद्दत पुग्ने बताए ।

गोष्ठीमा स्थानीय निकायका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, तथ्याङ्क कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी, वस्तुगत समितिका अध्यक्ष, निजी क्षेत्रका प्रतिनिधि, गणक र पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो । सरोकारवालासँगको अन्तरक्रियाले गणनालाई व्यावहारिक र निष्पक्ष बनाउन र निजी–सरकारी सहकार्यमा आधारित कार्यान्वयन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।