उत्कृष्ट कार्यसम्पादनका लागि ट्राफिक प्रहरी शाही सम्मानित

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायव निरीक्षक प्रकाश बहादुर शाही २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट ट्राफिक प्रहरी” घोषित भएका छन्।

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण, सचेतनामूलक कार्यक्रम सञ्चालन तथा ट्राफिक नियम कार्यान्वयनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

उनले बिना हेलमेट, सिटबेल्ट र लाइसेन्स सवारी चलाउनेमाथि विशेष चेकजाँच अभियान सञ्चालन गर्नुका साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न सचेतनामूलक बोर्ड स्थापना गरेका थिए।