कैलालीकाे गोदावरी न.पा. वडा नं. ०२ अत्तरियाबाट चितुवाकाे छाला सहित ४ जना पक्राउ परेका छन् ।
अवैध किसिमको चितुवाकाे छाला ओसार-पसार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा आर आई टी र ई.प्र.का. मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले चार जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ ।
पक्राउ पर्नेमा कैलाली चुरे गाउपालिका वडा नं. ०६ बस्ने वर्ष ३२ का टेक बहादुर रावत, साेही निवासी वर्ष १८ का धिरेन्द्र रावत , डाेटी जोरायल गा.पा. वडा नं. ०२ बस्ने वर्ष २४ का गाडी चालक समिर ओली र बैतडी डिलासैन गा.पा. वडा नं. ०२ बस्ने वर्ष ३० का राजेन्द्र सिंह भण्डारी समेतगरी ४ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी एवम सुचना अधिकारी वेद प्रकाश जाेशीले बताएका छन् ।
डिएसपी जाेसीका अनुशार निजहरु बसेको बिच भागमा सेतो प्लाष्टिक कट्टा खोली हेर्दा चितुवाकाे छाला थान-१ र हड्डीहरु फेला परेको छ ।
चालक समिर ओली र राजेन्द्र सिंह भण्डारी समेतको मिलोमतोमा अत्तरिया तर्फ बिक्री गर्ने उद्देश्यले ल्याउने क्रममा बिषेश सुचनाको आधारमा उक्त गाडीमा भएका ४ जना र टाउको देखी पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाई ३ फिट २ ईन्च, चौडाई २ फिट २ ईन्च भएको बाघको छाला र प्लाष्टिकको कट्टा सहित हड्डी २ के.जी. रहेको छ ।
उक्त दशिको माल सामान रितपुर्वक बरामद गरी निजहरुलाई ई.प्र.का. मालखेतीको नियन्त्रणमा लिई जिल्ला वन कार्यालय कैलाली पठाउने कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।
कार्यविधि संवाददाता । २० श्रावण २०७९, शुक्रबार १२:४२ बजे