वीरेन्द्रनगरमा अवस्थित काँक्रेबिहार संरक्षित क्षेत्रमामा २८ वटा जरायाे संरक्षित रहेकाे एक अनुसन्धानले जनाएकाे छ ।
गत आर्थिक वर्षकाे जेठ महिनामा राष्ट्रिय प्राकृतिक संरक्षण काेष बर्दियाले गरेकाे अनुसन्धान प्रगति प्रतिवेदनमा २८ जरायाे काँक्रेबिहार संरक्षित क्षेत्रमामा रहेकाे जनाएकाे छ ।
हामीलाई दिएकाे अनुसन्धान प्रगति प्रतिवेदनमा पाेथि २०, भाले ४ र वच्चा ४ सहित २८ जरायाे संरक्षित क्षेत्रमा रहेकाे डिभिजन वन कार्यालय वीेरेन्द्रनगर सुर्खेतका प्रमुख मुनबहादुर रावतले बताए ।
काँक्रेबिहार संरक्षित क्षेत्रमा जरायाेकाे संख्या ,वासस्थान, लिङ्ग , उमेर र शारिरिक अवस्था बारेमा अनुसन्धान कार्यलाई व्यवस्थित गर्न लाइन अनुसन्धान विधिकाे प्रयाेग भएकाे राष्ट्रिय प्राकृतिक संरक्षण काेष बर्दियाका अनुसन्धानकर्ता एवम सूचना अधिकारी उमेश पाैडेलले बताएका छन् ।
अनुसन्धानकर्ता एवम सूचना अधिकारी पाैडेलका अनुसार यस क्षेत्रमा हुनुपर्ने भन्दा एकदमै कम जरायाेकाे संख्या छ । कम हुनुमा चाेरीशिकारी , मानिसहरुकाे आवतजावत बढ्नु , आफैं जुधेर मर्ने , घाँसेमैदान साँघुरिदै जानु, पानी श्राेत सुक्दै जानु र राेग लाग्न सक्ने हुँदा समयमा उपचार नपाउनु आदी जस्ता समस्याले जरायाेकाे संख्यामा कमी देखिएकाे हाे ।
कार्यविधि संवाददाता । ११ आश्विन २०८०, बिहीबार १०:५० बजे