बाँके : नेपालगन्ज उपमहानगरपालिकाले लामो शीतलहरका कारण चिसो अत्यधिक बढेपछि नेपालगन्जका विद्यालयहरूमा पुनः जाडो बिदा दिइएको छ ।
शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि नगर प्रमुखको आदेशनुसार पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरू १५–१६ माघसम्म दुई दिन जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए।
पालिकाले गत माघ ४ देखि ८ गतेसम्म पनि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको थियो ।
कार्यविधि संवाददाता । १४ माघ २०८०, आईतवार १९:२५ बजे