अहिले वीरेन्द्रनगर रङ्गशाला जहाँत्यहि फोहोरको डंगुरले कुरुप देखिएको छ । करिब एक महिनादेखि फोहोर उठ्न रोकिएपछि सुर्खेतका घर, मुख्य सडक क्षेत्र र भित्रि गल्ली–गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ ।
तर, नगरपालिकाका याेजना तथा बातावरण शाखाका वरिष्ठ अधिकृत प्रकास पाैडेलले दिन–दिनै फोहोर उठ्ने गरेको बताउनुहुन्छ । अधिकृत प्रकास पाैडेलले यसलाई थप व्यवस्थित गर्दै फोहोर व्यवस्थापना गर्ने बताउनुभयो । ‘वीरेन्द्रनगर बजारमा फोहोर दिनदिनै उठेको छ । तर, जुन मात्रामा उठ्नुपर्ने हो त्यो भएको छैन । भोलिदेखि थुप्रिएको फोहोर उठान थाल्छौं,’ उहाँले भन्नुभयो ।
फोहोर उठाउन महिनौ दिन सम्म नगरपालिका आएको छैन । खुला मंचमा जताततै फालिएको फोहोरको गन्धले हामी बिरामी हुन थालेको वीरेन्द्रनगर ८ का यम बराल गुनासो गर्छन् । नगर प्रमुख देव कुमार सुवेदीलाई फोहोर व्यवस्थापन बारेमा जानकारी लिन खाेज्दा फाेन उठाउँदैनन् ।
काठमाडौं महानगरपालिकासहित केही स्थानीय तहले नेपालको प्रचलित ऐन विपरीत फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको छ । फोहोर व्यवस्थापन ऐन–२०६८ को दफा ३ ले फोहोरमैलाको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । सोही ऐनको दफा ६ मा फोहोरमैलाको पृथकीकरण व्यवस्थाअन्तर्गत स्थानीय तहले फोहोरलाई कम्तीमा जैविक र अजैविक गरी फोहोरको स्रोत छुट्याउने गरी तोक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्था लागू भएको भने पाइदैन ।
कार्यविधि संवाददाता । २५ आश्विन २०७८, सोमबार १७:२७ बजे