दुवै डाेज खाेप लगाएकी सागकी स्वर्णधारी खेलाडी गौरिकालाई कोरोना संक्रमण

काठमाडौं :  सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएकाे छ ।

स्वर्णधारी खेलाडी गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी छन् ।

कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । गौरिकाका अनुसार दुवै डाेज लगाएपनि काेराेना देखिएकाे छ ।

उनले भनेकी छन् ,”मैले दुवै डाेज खाेप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसाेलेसनमा छु,। ”

जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरिका  गत महिना नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन् ।