बैतडी पाटन नगरपालिका-८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ ।
कनचनपुरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ढुंङगा खसेर लाग्दा अन्य तीन जना सामन्य घाइते भएका छन् । घाइतेलाई इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि डडेल्धुरा जिल्ला अस्पतालमा पठाएको छ ।
कार्यविधि संवाददाता । २९ भाद्र २०७८, मंगलवार १२:४९ बजे