कर्णालीमा अर्कैको नाममा एसइई परीक्षा दिने चार जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

आज पहिलाे दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने क्रममा बिहीबार जाजरकाेट कुशे गाउँपालिका – ५ खुर्पामा रहेकाे श्री लक्ष्मी प्राप्ति माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट २० वर्षीय नवराज विक , २० वर्षीय कृष्ण प्रसाद आचार्य र १८वर्षीय जीवन मल्ललाई पक्राउ गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

विकले ललित आ‍ेलिकाे,आचार्यले ऋषी शर्माकाे र मल्लले माेहन सुनारकाे सट्टामा परीक्षा  दिइरहेको अवस्थामा भेटेपछि प्रहरीले  पक्राउ गरेको हो ।

त्यस्तै दैलेखकाे नारायण नगरपालिका -१ स्थित त्रिभुवन माध्यामिक विद्यालय नयाँबजार परीक्षा केन्द्रमा सिम्बल नम्बर ०६५०२२६१ Y भएकाे सुनिल प्रसाद जैसीकाे नाममा महाबु गाउँपालिका -१ खरीगैराका १७ वर्षीय प्रेम न्याैपानेलाई परीक्षा दिइरहेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेकाे हाे  ।

मुगु प्रहरीले छायाँनाथ रारा नगरपालिका -१ स्थित रहेको महाकाली मा.वि. श्रीनगर गमगढी मुगु परीक्षा केन्द्रमा परीक्षा भईरहेको अवस्थामा चिट चोराउन खोज्ने  साेही नगरपालिका -४  भामबाडा बस्ने बर्ष  २१ की रिता परियारलाई नियन्त्रणमा लिई छाडेकाे छ ।

पक्राउ परेका नक्कली परीक्षार्थी माथि अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी बीर बहादुर ओलिले कार्यविधिलाई बताउनुभयो ।