जिल्ला प्रशासन कार्यालय सुर्खेतले इन्टरनेट तथा केबुल नेटवर्कका सेवाप्रदायकलाई ७ दिने निर्देशन दिएको छ ।
वीरेन्द्र नगर शहरको सौन्दर्यता बढाउन र लत्रियका तारबाट दुर्घटना न्युनिकरण गर्न इन्टरनेट तथा केबुल नेटवर्कका सेवाप्रदायकलाई तारहरु व्यवस्थित गर्न ७ दिनेको निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै टेलिकम र विद्युत प्राधिकरण सुर्खेतले प्रयोगहिन र यत्रतत्र छरिएका/भाँचिएका पोलहरु व्यवस्थापन यथाशिघ्र गर्ने र भय नभएको स्थलगत रुपमा अनुगमन प्रतिवेदन पेशका आधारमा थप सल्लाह सुझाब र कार्यवाही अघि बढाईने प्रमुख जिल्ला अधिकारीले बताए ।
इन्टरनेट तथा केबुल नेटवर्क लाइन व्यवस्थापन सम्बन्धमा २०७८/०५/२९ गतेका बैठकका निणर्यहरु
कार्यविधि संवाददाता । २९ भाद्र २०७८, मंगलवार २१:२५ बजे