दैलेखमा अस्मिताकाे हत्या गरेकाे आराेपमा , एक जना पक्राउ

दैलेख :   जिल्ला प्रहरी कार्यालयले हत्या गरेको आराेपमा एक जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुराँस गाउँपालिका  – ५ भैरीखोलाका  २१ वर्षीय गणेशबहादुर विक हुन्  ।

गएको भदौ १५ गते सोही ठाउँमा अपरिचित महिलाको शव फेला परेको थियो । दैलेख  प्रहरीले तत्काल सनाखतका लागि फोटोसहितको हुलिया परिपत्र गरेको थियो । तर अपरिचित महिलाकाे  सनाखत नभएपछि प्रहरीले कानूनी प्रक्रियाअनुसार शवको दाहसंस्कार गरेको हो ।प्रहरीकाे कानूनी प्रक्रिया पश्चात   गएको भदौ २७ गते नारायण नगरपालिका- १० भवानीकी  ५५ वर्षीय शान्ति बोगटीले प्रहरी कार्यालयमा पुगेर फाेटाेकाे हेरेर  मृतक छोरी अस्मिता कुमारी बोगटी भएको बताएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिएका छन्   ।

प्रमुख  श्रेष्ठका अनुसार अस्मिता चार वर्षदेखि काठमाडौंमा बस्दै आएको र तीजमा घर आउन लागेको परिवारलाइ जानकारी गराएको आमा शान्तिले बताएकी थिन्  ।छोरी घरमा नआएपछि खोजीका लागि उनी प्रहरी कार्यालय आएको उनको भनाइ छ । शान्तिले बुधबार ज्यान सम्बन्धी कसुरमा  जाहेरी दिएकी थिन्  । जाहेरीकै आधार र जिल्ला अदालतकाे अनुमतिले  भैरी खोलाका विकलाइ पक्राउ गरेको हो । अस्मिताको हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।