लायन्स क्लब अफ सुर्खेत मातृभूमि र सुर्खेत माेडेल कलेजकाे संयुक्त आयोजनामा बिहीवार बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको सम्पन्न भएको छ ।
वीरेन्द्रनगर नगरपालिका वाड नम्वर -८ स्थित सुर्खेत माेडेल कलेजकाे प्राङ्गणमा कार्यक्रम विहान ८ बजेदेखि शुरु भएकाे र ११ बजे समापन भएकाे थियाे ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएकाे लायन्स क्लब अफ सुर्खेत मातृभूमिका अध्यक्ष महेश सापकोटाले बताए ।
हरेक वर्ष कलेजले विभिन्न सामाजिक उत्तरदायित्वमाका विभिन्न क्रियाकलाप अन्तर्गत यसपटक पनि सुर्खेत माेडेल कलेजकाे सहकार्यमा रक्तदान तथा निशुल्क ब्लड प्रेसर परिक्षण गरिएकाे लायन्स एरिया नम्बर -३ का जाेन चियर पर्सन युवराज पाैडेलले बताए ।
त्यस्तै कार्यक्रममा रक्तदान बाहेक निशुल्क ब्लड प्रेसर परीक्षण पनि गरिएकाे सुर्खेत माेडेल कलेजका प्रिन्सिपल गणेश आचार्यले बताए ।
उनले भने ‘यस कार्यक्रममा कलेजका विद्यार्थीहरु र शिक्षक सहभागी भएका र रक्तदान गर्नु भनेको कसैको ज्यान बच्नु हो भन्ने सामाजिक भावना विद्यार्थीलाई पनि महसुस होस् भन्ने हो ।’ आगामी वर्ष पनि यस्ता क्रियाकलाप निरन्तर भै रहने उनले बताए ।
कार्यविधि संवाददाता । २६ श्रावण २०७९, बिहीबार १६:५३ बजे